हामी आफैं राजनीतिक भागबण्डा र दाउपेचका निम्ति दौडिरहेका हुन्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राज्ञिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूको भूमिका पनि प्राज्ञिक स्तरकै हुनुपर्ने बताएका छन् । सोमबार दिउँसो त्रिभुवन विश्वविद्यालयको उनन्चासौं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भूमण्डलीकृत विश्वको दबाब तत्कालका निम्ति हाम्रो काबुबाहिर देखिएको बताए । ‘विश्वबजारका निम्ति प्रतिस्पर्धी जनशक्ति उत्पादनमा हामी कहाँ चुक्यौं ? विगतमा विश्वविद्यालयहरूले आर्जन गरेको बलियो जनविश्वास र…