धारिलो हतियार प्रहार गरी युवतीको हत्या

गोरखा – गोरखा जिल्लामा १ युवतीको हत्या भएको छ । जिल्लाको पालुङटार नगरपालिका–७ च्याङ्लीस्थित घरमा बिहीबार राति २८ वर्षीया रश्मी कुमालको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सरोज कार्कीले जानकारी दिए । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी उनको तनहुँको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा बिहीबार मृत्यु भएको छ । कुमाल…