जन्ममिति विवादमा तानिएका महासेनानी मल्ल सैनिक सेवाबाट निष्कासित

काठमाण्डु – नेपाली सेनाका महासेनानी दिरेन्द्र कुमार मल्ललाई सैनिक अदालतले सैनिक सेवाबाट निष्कासित गरेको छ । जन्ममिति र नाम सच्याएको विवादमा तानिएका मल्ललाई समरी सैनिक जनरल अदालतले सरकारी सेवामा अयोग्य नहुने गरी निष्कासित गरेको छ । यसअघि सेनाले उनलाई हिरासतमा लिएको थियो । विवादित विषयमा उपरथी दिपक बानियाँको नेतृत्वमा बनेको समितिले छानबिन गरेको थियो ।…