कुवेत पुर्‍याई मानव बेचबिखन तथा ओसारपसारमा संलग्न २ जना पक्राउ

काठमाण्डु – भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दैलेखको नारायण नगरपालिका–९ घर भई काठमाण्डुको तार्केश्वर नगरपालिका लोलाङ बस्ने २४ वर्षीय राकेश सुनार भन्ने गोपाल सुनार र गोरखा पालुङटार नगरपालिका–८ घर भई काठमाण्डुको टोखा नगरपालिका–६ बस्ने २५ वर्षीय आयुष भन्ने आकाश…