दुबईबाट आएका २ महिलालाई पछ्याएर लुटपाट, प्रहरी नै पक्राउ

काठमाण्डु– लुटपाट गरेको आरोपमा प्रहरी जवान नै पक्राउ परेका छन् । सातदोबाटोस्थित कृषि अनुसन्धान केन्द्र नजिकमा भएको चोरीमा प्रहरीसहित ३ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा खोटाङको दिक्तेलका ३३ वर्षीय प्रकाश भन्ने विकाश श्रेष्ठ, रामेछापको लिखु तामाकोशीका २८ वर्षीय गुन्दास भन्ने मनोज भुजेल र बाजुराको त्रिवेणीका ३२ वर्षीय प्रहरी जवान डम्मलाल पाध्याय रहेका छन्।…