काठमाण्डु – नेपालमा प्रतिबन्धित ५०० दरका ८३९ थान गरी जम्मा ४ लाख १९ हजार ५०० भारतीय रूपैयाँसहित भारतीय नागरिक दलजित कौरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इन्डिगो एयरलाइन्सको उडानद्वारा काठमाण्डुबाट दिल्ली जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड व्यागेज एरियमा जाँच गर्ने क्रममा ह्याण्ड ब्यागमा रहेको भारतीय रूपैयाँ अवैध रूपमा…