काठमाण्डु – प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ । गोकर्णेश्वतर नगरपालिका–८ गोकर्ण बेशीगाउँस्थित सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ घर भएका ३० वर्षीय निमा लामाको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ३६ हजार २६० रूपैयाँ र ३ बुक ताससहित…