पूर्व कमाण्डर खामलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाण्डु – तत्कालीन माओवादी सेनाका कमाण्डर कालीबहादुर खामलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ । व्यवसायी रामहरि श्रेष्ठको हत्या मुद्दामा १५ वर्षपछि पक्राउ परेका खामलाई थुनामा पठाउन जिल्ला अदालत चितवनले आदेश दिएको छ । शुक्रबार न्यायाधीश दयाराम ढकालको इजलासमा भएको थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ । २०६५ वैशाख २८…