प्रलोभनमा पारेर बिहे गरी मानव बेचबिखन गर्ने व्यक्ति पक्राउ

काठमाण्डु – पीडितको बहिनीको उपचारमा सहयोग गर्ने प्रलोभन देखाई झुक्यानमा पारी बिहे गरी मानव बेचबिखन तथा ठगी गरेको अभियोगमा नवलपरासीको कावासोती नगरपालिका–८ ठेगाना भई कास्कीको पोखरा महानगरपालिका–६ बस्ने ३६ वर्षीय दुर्गाबहादुर पौडेल क्षेत्रीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई भक्तपुरको भक्तपुर नगरपालिका–१७ दुधपाटीबाट पक्राउ गरेको हो ।…