काठमाण्डु – माघ २१ गते बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्ट नाबालिग रहेको खुलेको छ । मंगलबार साँझ पक्राउ परेका भट्ट १६ वर्ष पूरा हुन २० दिन बाँकी रहेको खुलेको हो । स्थानीय भूमिराज माध्यमिक विद्यालय चडेपानीमा अध्यनरत भट्टको एसईई प्रमाणपत्रमा वि.सं २०६१ फागुन १० जन्ममिति उल्लेख छ ।…