काठमाण्डु - काठमाण्डुको न्युरोडबाट १५ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डु महानगरपालिका–२२ न्युरोडबाट उनीहरुलाई १३ लाख ४३ हजार रुपैयाँ नगद, कौडा र ताससहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाण्डुले जनाएको छ । निषेधाज्ञालाई अवज्ञा गरी अवैधरूपमा पूर्णलाल महर्जनको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमध्ये भाग्ने क्रममा काठमाण्डु…