इन्जिनीयर रानाभाटविरुद्ध ३ करोडको भ्रष्टाचार मुद्दा दर्ता

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय दाङका इन्जिनीयर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । रानाभाटको ३ करोड १५ लाख ८१ हजार ६६ रुपैयाँ ८० पैसा बराबर सम्पत्तिको स्रोत नखुलेको अख्तियारले जनाएको छ । अख्तियारले २०४६ असार ३० गते सेवा प्रवेश गरेका उनको २०७९ कात्तिक ६ गतेसम्मको आय–व्ययको विश्लेषण…