मलेसिया पठाइदिन्छु भनी ३ लाख ठगी गर्ने व्यक्ति पक्राउ

काठमाण्डु – उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाण्डुले मलेसिया पठाइदिन्छु भनी ३ लाख ठगी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले डोटीको शिखर नगरपालिका–२ स्थायी घर भई काठमाडौं महानगरपालिका–३० सेतोपुल बस्ने ३२ वर्षीय धनबहादुर बोगटीलाई पक्राउ गरेको हो । आरोपी धनबहादुरले कृष्णबहादुर बोगटीलाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिन्छु भनी ३ लाख रुपैयाँ ठगेको आरोप छ ।…