काठमाण्डु – बहुचर्चित सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्व उपराष्ट्रपति पुत्र दिपेश पुनसँग सोधपुछ गरेको छ । साउन ३ गते बरामद गरिएको ६० किलो सुन तस्करी प्रकरणमा चिनियाँ नागरिकसँग सम्बन्ध देखिएका पुनसँग सीआईबीले सोधपुछ गरेको हो । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका महासचिव रहेका पुनलाई झिकाएर सीआईबीले सोधपुछ गरेको छ । त्रिभुवन…