काठमाण्डु – प्रहरीले बैतडीकी भागरथी भट्टका हत्यारालाई पक्राउ गरेको छ । माघ २१ गते जिल्लाको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भट्टको स्थानीय १६ वर्षीय युवकबाट हत्या भएको थियो । नाताले भाई पर्ने दिनेश भट्टले पारिवारिक रिसिबी साँध्न भागरथीको हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन् । उनले माघ २१ गते विद्यालयबाट २ विषयको पढाई छोडेर निस्किएको…