काठमाण्डु – कञ्चनपुरमा नेपालका सशस्त्र प्रहरीमाथी आक्रमण गर्ने तस्कर पक्राउ परेका छन् । नेपाल–भारत सीमास्थित दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोजमा सोमबार साँझ सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने अर्जुन कुमारलाई भारतीय प्रहरीले पक्राउ गरेको स्थानीय प्रशासनले जनाएको छ । नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्करको समूहले ढुंगामुढा प्रहार गरेका थिए । उक्त आक्रमणबाट सशस्त्र…