भक्तपुर – मध्यपुरथिमि नगरपालिका–९ निकोसेरा सामूहिक हत्याकाण्ड परिवारका सदस्यले गराएको खुलेको छ । श्रीमती छोरासहित बस्दै आएका श्रीमानले नै हत्यापछि आफूले पनि आत्महत्या गरेको खुलेको हो । गत शुक्रबार आफ्नै निवासमा कुकुरसहित ३६ वर्षीय सुदीप अधिकारी, ३४ वर्षीया श्रीमती सम्झना र यस वर्ष मात्रै एसइई परीक्षामा ‘ए’ ल्याएर उत्तीर्ण गरेका १५ वर्षीय छोरा सुशान्तको शव…