धादिङमा युवाहरूबीच ‘ग्याङफाइट’, एक जनाको ज्यान गयो

धादिङ – धादिङमा युवाहरूबीच ‘ग्याङफाइट’ हुँदा एक जनाको मृत्यु भएको छ। खनियावास गाउँपालिका वडा नम्बर ४ मा मंगलबार राति करिब १० बजे छरसात जनाको समूहमा रहेका युवाहरूको झडप हुँदा अर्का एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख रवीन्द्र रेग्मीले जानकारी दिए । झडपपछि गम्भीर घाइते भएका ३२ वर्षीय सन्तबहादुर तामाङको उपचारका क्रममा…