पक्राउ परेका नेता कँडेललाई रास्वपाले गर्‍यो निलम्बन

काठमाण्डु — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हरिप्रसाद कँडेललाई निलम्बन गरेको छ। नक्कली शैक्षिक प्रमाणपत्र किनबेच प्रकरणमा संलग्न रहेको आरोपमा कँडेललाई रूपन्देही प्रहरीले पक्राउ गरेको थियो। शुक्रबार पार्टीले पत्र जारी गर्दै उनलाई कुनै पनि जिम्मेवारी नदिने गरी निलम्बन गरेको हो। रास्वपाले आफ्नो पत्रमा भनेको छ 'नेपाल सरकारको विद्यमान कानुन विपरीतको कार्यमा…