लागुऔषध कारोबारमा संलग्न एक नाबालकसहित ६ जना पक्राउ

काठमाण्डु- लागुऔषध कारोबार तथा प्रयोग नियन्त्रण अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय गोलबजारले पछिल्ला तीन दिनमा तीन फरक स्थानबाट लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँच युवा र एक नाबालक रहेका छन् । प्रहरीका अनुसार उनीहरूको साथबाट खैरो हिरोइन, गाँजा सेवनका उपकरण, धारिलो हतियारसमेत फेला परेको छ । गोलबजार नगरपालिका–४ स्थित क्याम्पस चौक नजिकै…