व्यवसायी भट्टमाथि सरकारी ‘एक्सन’ ! सम्पत्ति शुद्धीकरणको कारवाहीमा पासपोर्ट रोक्का

काठमाण्डु – राजनीतिक पहुँचको लाभ लिँदै सम्पत्ति बढाएको आरोप लागेका व्यवसायी दिपक भट्टमाथि सरकारले ‘एक्सन’ थालेको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा छानबिन र कारवाहीका लागि सरकारले उनको राहदानी (पासपोर्ट) रोक्का गरेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा भट्टको राहदानी कालोसूचीमा राखिएको अध्यागमन विभागले जनाएको छ । उनीमाथि राजनीतिक पहुँचको दुरुपयोग गर्दै गैरकानूनी सम्पत्ति…