१३ घण्टा छापा मारेपछि दीपक भट्टको घर सिल, १० वटा विलासी गाडी नियन्त्रणमा

काठमाण्डु– लामो समयदेखि सत्ता र शक्तिको आडमा नीतिगत भ्रष्टाचार र सेटिङको जालो फैलाउँदै आएका विवादास्पद व्यवसायी एवं बिचौलिया दीपक भट्टको 'साम्राज्य' माथि राज्यले अपरेसन सुरु गरेको छ। सम्पत्ति शुद्धीकरण विभागले मंगलबार भट्टको घर र कार्यालयमा १३ घण्टा खोजतलास गरेको हो । मंगलबार बिहानैबाट विभागले नेपाल प्रहरी र स्थानीय निकायको सहयोगमा भट्टसहित उनका सहयोगी उपेन्द्र हिरावतको…