त्रिभुवन विमानस्थलबाट १ लाख डलर बरामद, भारतीय महिला पक्राउ

काठमाडौँ— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक लाख डलर रकमसहित एक भारतीय महिला पक्राउ परेकी छन्। नेपाल एयरलाइन्सको उडान आरए २०१ बाट शुक्रबार मुम्बई जान लागेकी भारतीय नागरिक बन्दना घनश्याम सोनी १ लाख अमेरिकी डलरसहित पक्राउ परेको प्रहरीले जनाएको छ। विमानस्थल सुरक्षा प्रमुख एसएसपी सन्दिप भण्डारीका अनुसार  सोनी चेकजाँचका क्रममा रकमसहित पक्राउ परेकी हुन्। उनले झोला र…