तपस्वी रामबहादुर बम्जनको आश्रममा प्रहरीको छापा

काठमाडौं - लिटिल बुद्धका नामले चिनिएका रामबहादुर बम्जनको आश्रममा प्रहरीले छापा मारेको छ ।  जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले शुक्रबार बिहान बाडेगाउँस्थित आश्रममा छापा मारेको हो । प्रहरीका एक अधिकारीले भने, ‘आश्रममा छापा मारेका छौं, अहिले यत्ति भन्छौं ।’ बम्जनको आश्रममा खानतलासी गर्न जिल्ला अदालतले बिहीबार प्रहरीलाई अनुमति दिएको…