काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटना हुुँदा सो जिल्लाका प्रहरी प्रमुख रहेका (हाल निलम्बित एसपी) दिल्लीराज विष्टलाई थुन्न खोजिएकोमा आइजीपी सर्वेन्द्र खनालले जोगाएको खुलासा भएको छ। सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले घटनाको अनुसन्धान फितलो हुनुमा एसपी विष्ट ‘मुख्य जिम्मेवार’ रहेकोसहितको प्रतिवेदन बुझाएपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ उनलाई थुनेर अनुसन्धान गर्नुपर्ने…