काठमाडौं – प्रहरीले काठमाडौं महानगरपालिका–१५ स्वयम्भुस्थित फेन्सी पसल संचालन गरी बस्ने सिन्धुपाल्चोक पाङग्रेटार घर भएकी ३६ वर्षीया अप्सरा श्रेष्ठ (कार्की) लाई पक्राउ गरेको छ । ब्ल्याङ्क चेक लिई रकम बढाई चेक बाउन्स गरेको अभियोगमा शुक्रबार महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । अप्सराले अशिक्षित महिला तथा पुरुषहरुलाई घर व्यवहार चलाउन बढीमा २०–२५…