निर्मला हत्याकाण्ड : सीआइबीका डीएसपी अंगुरसहित पाँच प्रहरी निलम्बित

काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार घटना भएको दुई महिना पुग्दा पनि दोषी पत्ता नलागेका बेला गृहमन्त्रालयले उक्त घटनाको जिम्मेवारीपूर्वक अनुसन्धान नगरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डीएसपी अंगुर जिसीसहित पाँच प्रहरीलाई निलम्बन गरेको छ। गृहका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको छानबिन समितिको प्रारम्भीक प्रतिवेदनका आधारमा गृहमन्त्री रामबहादुर थापाले ती प्रहरी…