वारि-पारिकै मिलेमतोमा हुन्छ, सीमामा गम्भीर अपराध

दमक- भारतको बिहारसँग जोडिएको झापासहित पूर्वी तराईमा भएका ठूलाठूला अपराधका घटनामा प्रायस् भारतीय नागरिककै संलग्नता देखिंदै आएको छ। सुनसरीमा करिब एक महिनाको अन्तरालमा भएका दुई हत्याका घटनामा भारतीय नम्बर प्लेटका मोटरसाइकल चढेर आएका व्यक्ति भारतीय नै रहेको सार्वजनिक भइसकेको छ। सुनसरीपछि अहिले झापा पनि भारतीयका लागि सुरक्षित अपराधस्थलका रुपमा चिनिन थालेको छ । खुला सीमाको…