पाँचथर - पांचथरको मिक्लाजुङ गाउँपालिका ३ मा गएराति दुई परिवारका नौ जनाको विभत्स हत्या भएको छ। मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेका बमबहादुर फियाक र धनराज सेर्माको घरमा घटना भएको वडाध्यक्ष हस्तराज फियाकले जानकारी दिए। उनका अनुसार फियाक र सेर्मासहित सात महिलाको हत्या भएको हो। तीमध्ये तीन बालिका पनि छन्। फियाकको घरमा चार र सेर्माको घरमा पाँच…