काठमाण्डु – केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले हाल सामाजिक सञ्जालमार्फत फैलिरहेको नयाँ प्रकारको साइबर ठगीबारे सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । केही दिनयता फेसबूक, इन्स्टाग्राम, टिकटक लगायतका प्लेटफर्महरूमा ‘नेप्से एआई’ नामक एप डाउनलोड गर्न प्रलोभन दिने विज्ञापनहरू देखापरेका छन्, जसमा कृत्रिम बुद्धिमत्ताको सहायताले शेयर बजारको विश्लेषण गरी बढी नाफा कमाउन सकिने जस्ता भ्रामक दाबीहरू…