काठमाडौँ - विदेशी पर्यटकको मुख्य आकर्षणको केन्द्र ठमेलमा हुने अपराध नियन्त्रणका लागि प्रहरी र नागरिकबीच सहकार्य आवश्यक रहेको बताइएको छ । महानगरीय प्रहरी वृत्त लैनचौरले शनिबार आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रमका वक्ताहरुले प्रहरी एक्लैले मात्र अपराध नियन्त्रण गर्न नसक्ने भन्दै यसका लागि स्थानीय सहयोग आवश्यक रहेको बताएका हुन् । कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख…