कलंकी स्यूचाटार पुलमुनि क्षतविक्षत अवस्थामा युवकको शव भेटियो

काठमाडौं – मंगलबार बिहान कलंकी–स्वयम्भू सडकखण्ड अन्तर्गत स्यूचाटार पुलमुनी अन्दाजी ३०–३५ वर्षीय युवकको शव भेटिएको छ । नजिकै थुपारिएको फोहोरमा प्लास्टिक संकलन गर्ने सडक बालकलले फोहोरले छोपेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले शव घेरा हालेर अनुसन्धान सुरु गरेको छ । प्रहरीका अनुसार युवकको घाँटी र कम्बरमा धारिलो हतियार प्रहार गरेको छ…