काठमाण्डु – बुढानीलकण्ठ नगरपालिका–१ तौलुङस्थित गरुड क्यासिनोभित्र नेपाली नागरिकहरूलाई गैरकानुनी रूपमा जुवा खेलाउने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । क्यासिनो प्रशासनले नेपाली नागरिकहरूबाट नगद डिपोजिट लिई सोबापत जुवा खेल्न प्रयोग हुने विभिन्न दरका चिप्सहरू उपलब्ध गराएर हारजीत हुने गरी खेल खेलाइरहेको अवस्थामा प्रहरीले छापा मारेको हो । पक्राउ पर्नेमा ६५ वर्षीय वृद्धदेखि २४ वर्षीय युवासम्म…