आफ्नै कोठामा सिरकले छोपिएको अवस्थामा युवतीको शव फेला

काठमाण्डु– नवलपरासीको गैँडाकोट नगरपालिका–२ शान्तिनगरमा सोमबार साँझ युवती मृतावस्थामा फेलापरेकी छन् । गुल्मी मुसिकोट गाउँपालिका–९ घर भई गैँडाकोट–२ मा डेरा गरी बस्दै आएकी करिब २४ वर्षीया बबिता सापकोटा आफ्नै कोठाभित्र चोटपटकसहित मृतावस्थामा फेलापरेकी प्रहरीले जनाएको छ । युवतीसँग सम्पर्क हुन नसकेको भन्दै उनका दाजुले घरबेटीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय गैँडाकोटमा खबर गरिएको थियो ।…