सशस्त्र प्रहरीद्वारा गाँजा बरामद

काठमाण्डु – सुनसरी जिल्लाको हरिनगर गाउँपालिका–५ र ६ स्थित सीमा ईलाकाबाट जेठ २० गते करीब १ हजार १२० किलोग्राम गाँजा बरामद भएकोे छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट घुस्की, वसन्तपुर र नेपाल प्रहरीको संयुक्त टोलीले ३८ वटा प्लाष्टिकको बोरामा प्याक गरी बालुवा मुनी लुकाइछिपाई राखेको अवस्थामा फेला पारेको छ…