हतियार देखाएर साढे २५ लाख नगद लुटियो

लहान - सिरहाको मिर्चैया नगरपालिका–३ राघोपुर तीनगछियाबाट लुटेराको एक समूहले बिहीबार हतियार देखाई २५ लाख ६० हजार नगद लुटेर फरार भएका छन् । मिर्चैयास्थित ग्लोबल आईएमई बैंकबाट रकम झिकेर सिरहाकै कल्याणपुर नगरपालिकास्थित राजाराम सबमनी ट्रान्सफरतर्फ जाँदै गरेको अवस्थामा राघोपुरस्थित तीनगछियामा दुई वटा मोटरसाइकलमा आएका चार जनाको समूहले हतियार देखाई उक्त रकम लुटेर लगेको पीडित मनी…