काठमाण्डु– नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक थाइ नागरिकलाई पक्राउ गरेको छ । पेटभित्र लुकाएर कोकिन तस्करी गर्न खोज्ने ४४ वर्षीया थाइ नागरिक रुसानी कामालाई प्रहरीले पक्राउ गरेको हो । लाओसबाट बैंककहुँदै काठमाण्डु आएकी ती महिलाको पेटबाट प्रहरीले २९ वटा कोकिनका क्याप्सुल निकालेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा नियमित चेकजाँचका क्रममा…