अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ४ जना पक्राउ

काठमाण्डु – अवैध लागूऔषधसहित प्रहरीले देशका विभिन्न स्थानबाट ४ जनालाई पक्राउ गरेको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट अवैध लागूऔषध गाँजा करीब १५ किलोग्रामसहित सहिदभूमि गाउँपालिका–७ बस्ने ३२ वर्षीय चिरञ्जीवी राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले खाँदबारीबाट विराटनगरतर्फ आउँदै गरेको को१ख ३८०४ नम्बरको बसलाई जाँच गर्ने…