बागमती – तेल बोक्ने ट्यांकरभित्र लुकाएर लैजाँदै गरेको अवस्थामा ठूलो परिणाममा प्रतिबन्धित लागूऔषध गाँजासहित मंगलबार २ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट पालुङबाट वीरगञ्जतर्फ जाँदै गरेको ना७ख १७७१ नम्बरको ट्यांकरभित्र लुकाएर लैजाँदै गरेको अवस्थामा ३ क्विन्टल ९२ किलो प्रतिबन्धित लागूऔषध गाँजासहित २…