भरूवा बन्दुकसहित ३ जना पक्राउ

बाजुरा – भरूवा बन्दुकसहित प्रहरीले बाजुरामा ३ जनालाई पक्राउ गरेको छ । गौमुल गाउँपालिका–६ सटेडाबाट भरूवा बन्दुक १० थान र बन्दुकको नाल ३३ थानसहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ६३ वर्षीय गोरे लुहार, बडिमालिका नगरपालिका–१ सलेना बस्ने ३९ वर्षीय गोरख कार्की र ३७ वर्षीय बुद्ध कार्की रहेका छन् ।…