काठमाण्डु – पर्साको बहुदरमाई नगरपालिकामा सडक मर्मत सम्बन्धी ठेक्कामा अनियमितता गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालत काठमाण्डुमा आरोपपत्र दायर गरेको हो । आयोगका अनुसार बहुदरमाई नगरपालिका–२ अन्तर्गत बैरिया क्षेत्रको सडक मर्मत तथा कालोपत्रे कार्यका लागि आर्थिक वर्ष २०७९/८० मा स्वीकृत…