काठमाण्डु – वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ कर्थली घर भई काठमाण्डुको नयाँबानेश्वर बस्ने ३५ वर्षीय रमेश खड्का र नुवाकोटको बिदुर नगरपालिका–३ घर भई काठमाण्डुको कलंकी बस्ने ३६ वर्षीया पुन्यवती जोशी रहेका छन् । पक्राउमध्ये…