कास्की- दाङबाट भ्रमण टोली बोकेर आएको बस पोखरामा दुर्घटनामा परेको छ। बिहीबार दिउँसो साढे १२ बजेतिर पोखरा महानगरपालिका २२ शान्तिस्तुपानजिकै बस दुर्घटना भएको हो । नवयुग डान्स क्लब दाङबाट भ्रमणका लागि आएको रा १ ख २१०६ नम्बरको मिनी बस पुम्दीकोटबाट छोरेपाटनतर्फ आउँदै गर्दा दुर्घटनामा परेको कास्की प्रहरीले जनाएको छ । दुर्घटनामा दुई जना घाइते भएका…