काठमाण्डु – काठमाण्डुको दक्षिणकाली नगरपालिका–८ स्थित केराबारी खोंचमा मोटरसाइकलसहित सडकबाट खसेर मृत्यु भएका दुई जनाको पहिचान भएको छ । मृत्यु हुनेमा धादिङको सिद्धलेख गाउँपालिका–५ घर भएर भक्तपुर बस्ने ४२ वर्षीय रामचन्द्र खनाल र चाँगुनारायण नगरपालिका –५ भक्तपुर बस्ने ३२ बर्सिया सरिता राई रहेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।…