काठमाडौं - काठमाडौं, मोरङ र कैलालीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्युभएको छ । काठमाडौं महानगरपालिका-३१ तिनकुनेस्थित सडकमा बा.७७ प ८१५६ नम्बरको मोटरसइकल आफैं अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक भक्तपुर दुवाकोट बस्ने धनुषा सवैला नगरपालिका-६ का २५ वर्षीय दिपेश यादवको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।…