अमेरिकालाई चुनौति दिदैं चीनले बनायो क्यान्सरको नयाँ औषधि

एजेन्सी– चिनियाँ कम्पनीले विकास गरेको नयाँ क्यान्सर औषधिले विश्वव्यापी ध्यान खिचेको छ । अकेसो कम्पनीका अध्यक्ष मिशेल सियाका अनुसार कम्पनीको नयाँ विकसित औषधि, इभोनेसिमाबले फोक्सोको क्यान्सरको लागि अनियमित, डबल ब्लाइन्ड चरण तीन क्लिनिकल परीक्षणमा अग्रणी औषधि किट्रयुडा(किट्रुडा)लाई उछिनेको छ । परीक्षणमा, इभोनेसिमाबले रोग बिग्रँदै नगएको बिरामीहरू बाँच्ने समयलाई किट्रयुडाको तुलनामा लगभग दोब्बर बनाएको उनको भनाई…