बालबालिकाको लागि २२ लाख खोप आइतबार आउने, कुन-कुन जिल्लाबाट लगाउन पाइन्छ ?

काठमाण्डु - पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई लगाउने फाइजर खोप १९ जुन अर्थात आगामी आइतबार काठमाण्डु आइपुग्ने भएको छ । पहिलो चरणमा २२ लाख डोज फाइजर खोप आउने कार्यतालिका रहेको स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरासियाले बताए । उनका अनुसार खोप घोल्न आवश्यक पर्ने घोलक भने २ लाख २० हजार ८ सय भायल…