काठमाण्डु - स्पाइनी मुभिज प्रालिको आयोजनामा यहाँ जमलस्थित नाचघरमा बुधबार आयोजित एक समारोहबीच ‘स्पाइनी ब्याबलर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०२३’ सम्पन्न भएको छ । महोत्सवमा राष्ट्रिय विधामा १४ र अन्तर्राष्ट्रिय विधातर्फका चार सर्वोत्कृष्टलाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले प्रमाणपत्र प्रदान गरे । उनले पछिल्लो समय चलचित्रकर्मीद्वारा बजेट विनियोजनबारे राखेको गुनासोको सुनवाई गर्ने बताए। “म तपाईहरुकै सेवक…