काठमाण्डु- अभिनेता अनमोल केसी नर्भिक अस्पताल भर्ना भएका छन् । ‘आपराधिक विश्वासघात’ कसुरमा पक्राऊ परेका अनमोलको छातीमा समस्या देखिएपछि शुक्रबार राति अस्पताल भर्ना भएको उनकाे आगामी फिल्म ‘जेरी अनटप’का निर्माता सरोज न्यौपानेले जानकारी दिए। चलचित्र ‘रावायण’मा काम गर्ने सहमति जनाएर पैसा लिएर सुटिङमा नआई ठगी गरेको भन्दै सुदर्शन फिल्म्सले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई साँगाबाट पक्राउ गरेकाे थियाे । निर्माता न्यौपानेले केसीलाई…