काठमाण्डु - ‘मेरी बास्सै’मा अप्सरा आमाको भूमिका गरेकी कलाकार लक्ष्मी श्रेष्ठको अन्त्येष्टि गरिएको छ। शनिबार बिहान पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिएको हो। त्यसअघि उनको पार्थिव शरीरमा नेपालको झन्डा ओढाएर सम्मान गरिएको थियो। क्यान्सरपीडित श्रेष्ठ शुक्रबार राति बितेकी थिइन्। दसैँदेखि अस्वस्थ भएकी उनलाई चार महिनाअघि भक्तपुर क्यान्सर अस्पताल भर्ना गरिएको थियो। त्यसयता उनी काठमाडौँको कपन बालुवाखानीस्थित…