काठमाण्डु - संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरूको पदाधिकारी चयन प्रक्रियामा द्वन्द्व पीडित र मानव अधिकार संगठनहरूको सुझावलाई बेवास्ता गर्दै सरकारले बुधबार सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग (सीआईईडीपी) का अध्यक्ष तथा सदस्यहरूको नियुक्ति गरेको छ । मन्त्रिपरिषद्को बुधबार राति बसेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश महेश थापालाई टीआरसीको अध्यक्ष र पूर्व मुख्यसचिव…