काठमाण्डु - आतंकवादविरुद्ध भारतको ‘अपरेशन सिन्दूर’ को जवाफमा पाकिस्तानले ‘अपरेशन-बुन्यान–अल–मार्सूस’ सुरु गरेको छ । पाकिस्तानी सेनाको मिडिया शाखा इण्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले गरेको घोषणा अनुसार भारतको आक्रमणको जवाफमा पाकिस्तानले आधिकारिक रूपमा ‘बुनयान–उल–मरसूस’ को नाममा जवाफी कारबाही सुरु गरेको हो । ‘बुनयान-उल–मर्सूस’को अर्थ एक दृढ, एकीकृत मोर्चा भन्ने हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।…