काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन सरकारले चोर बाटो खोजिरहेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘अब विचौलियाका आँखा गएका छन् धितोपत्र बोर्डमा । ऐनले नै कल्पना नगरेको निर्देशिका तयार पारेर सरकार नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने चोर बाटो खोज्दैछ ।’…