एकैदिन ५ हजार ७ सयले बढ्यो सुनको भाउ, बन्यो हालसम्मकै उच्च

काठमाण्डु - नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला अघिल्लो दिनको तुलनामा ५ हजार ७०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला एक लाख ७५ हजार ४०० मा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला १ लाख ८१ हजार १०० कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो…