काठमाण्डु – कोही रहरले त कोही बाध्यताले । नेपालमा हरेक दिन ऊर्जावान् युवाहरू विदेशिने गरेका छन् । स्वदेशमै रोजगारी र सम्भावना नदेखेर अधिकांश युवा विदेशिरहेका बेला दाङका अमर शाही स्वदेशमै स्वरोजगार बनेका छन् । दाङको लमही नगरपालिका–५ देउखुरी घर भएका अमर शाहीले ‘इन्फरमेसन म्यानेजमेन्ट’मा स्नातक गरेपछि विदेश जाने सपना देखे । २०७२ सालमा जापान, २०७३…